Exam(Likhit) Preparation Important Lesson



    ओभरटेक बारेमा केहि जानकारी

  • दाहिने साइडबाट ओभरटेक गर्नु पर्दछ
  • उछिन्न निषेध चिन्ह टाँगिएको ठाउँमा, ब्यस्त चोक वा गल्लि,जेब्रा क्रसिङ, मोड घुम्ति, दोबाटो,उकालो र ओरालो,आदि ठाउँमा ओभरटेक गर्न हुदैन
  • पछाडीबाट आइरहेको सवारीले ओभरटेक गर्न खोज्दा आफ्नो सवारी स्लो गरी साइड दिन पर्छ
  • सडकमा कोरिएका अखण्ड धर्काले यो धर्का पारगरेर उछिन्न पाईदैन भने जनाहूछ
  • आफ्नो सवारी अगाडीको भन्दा धेरै गतिमा भएमा ओभरटेक गर्न उचित हुन्छ
  • उपयुक्त गियर / टप गियरमा ओभरटेक गर्नु पर्दछ
  • ओभरटेक गर्दा विपरित दिशाबाट सवारी आए नआएका कुरामा ध्यान दिनुपर्छ
  • सडकमा कोरिएका खण्डित धर्काले यो धर्का पारगरेर उछिन्न पहिन्छ भने जनाहूछ

  • सवारी लाइट बारेमा केहि जानकारी

  • पासिङ लाइट (हेड लाइट )को प्रयोग अगाडीबाट आइ रहेको गाडीलाई साइड माग्दा गर्नुपर्छ ।
  • ब्रेक लाइटले मेरो सवारीको गति घट्दै गएको छ भनेर पछि आउदै गरेको सवारीलाई जानकारी दिन्छ |
  • अगाडीको सवारीको ब्रेक लाइट बलेको देख्न साथ तपाई सबारी गति घटाउनु पर्दछ |
  • हेड लाइटको प्रयोग राति र उदासी मौसममा हुन्छ । यसका 2 वटा बिमहरु हुन्छन् । यसले अगाडीको सवारीलाई जानकार गराउछ । । यो पासिङ लाइटको लागी पनि प्रयोग गरिन्छ ।
  • साइड लाइटको प्रयोग सवारीको दिशा परिवर्तन गर्दा ( दाँया वा बाँया )धुमाउँदा गरिन्छ । दायाँ घुमाउदा दायाँ साइड लाइट र बायाँ घुमाउदा बायाँ साइड लाइट बाल्नु पर्छ
  • ब्रेक लाइटले अगाडी सवारीको गति कम हुँदैछ भन्ने कुरा थाहा हुन्छ |
  • रिर्भस लाइटले गाडी पछाडी आइरहेको जानकारी दिन्छ |
  • अगाडीको गाडीको पछि पछि जाँदा ब्याक लाइट बत्ती बाल्नु पर्दछ |
  • हेड लाइटले अगाडीकोलाई मात्र संकेत दिन्छ |

  • सवारी तथा यातायात व्यवस्था विभागका कार्य

  • सवारी चालक अनुमतिपत्रको लागि लिईने परीक्षाको विषय र परीक्षा प्रणाली तोक्ने ।
  • सवारीको प्रदूषण जाँच
  • सार्वजनिक सवारी साधनलाई प्रदान गरिने बाटो इजाजत सम्बन्धी कार्य गर्ने ।
  • अन्तर्राष्ट्रिय प्रचलनअनुरुप ट्राफिक संकेतहरु सार्वजनिक स्थानमा राख्ने व्यवस्था गर्ने ।
  • सवारीको गति, वजन र सवारीमा राखिने यात्री संख्या निर्धारण गर्ने ।
  • सवारी तथा यातायात व्यवस्था ऐन, नियम, निर्देशिका कार्यान्वयन गराउने ।
  • सवारी चालक अनुमतिपत्र सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गराउने ।
  • यात्रुवाहक सार्वजनिक सवारीको भाडा निर्धारण गर्ने ।
  • सवारीको यान्त्रिक स्थिति तथा स्वरुपको जाँचबुझको सम्बन्धमा आवश्यक मापदण्ड तयार र निर्धारण गर्ने ।
  • सवारी तथा यातायात व्यवस्था ऐन, नियम तथा निर्देशिका कार्यान्वयनमा देखापरेका समस्या समाधानको लागि स्पष्ट गरी निर्देशन दिने ।

  • मोटरसाइकल सम्बन्धि बिबिध जानकारी

  • यसले इञ्जिनको शक्ति र गाडीको गतिलाई घटाउने र बढाउने काम गर्छ ।
  • मोटरसाइकलमा कुन गियर हुँदैन ? ब्याक गियर
  • सानो गियरमा सवारी हाँक्दा इञ्जिनको शक्ति बढ्छ र आवाज बढी आउछ ।
  • यसलाई बाँया खुट्टाले नियन्त्रण गरिन्छ ।
  • सवारी चल्न क्लच र गियरको सन्तुलन मिल्न पर्दछ |
  • मोटरसाइकल स्टार्ट गर्दा गियरलाई न्यूट्रलमा ल्याउनु पर्छ र स्टार्ट भए पछि १ नं. बाट सुरु गरी
  • मोटरसाइकलको गति अनुसार गियर बढाउनु पर्दछ |
  • उकालोमा गइरहेको बेला कम गियरमा राख्नु पर्छ र ओरालोमा उच्च गियर राख्नु पर्छ ।

  • सेवा दस्तुर बारे बिबिध जानकारी

  • मोटरसाइकलको लिखित परीक्षामा सामेल हुन दरखास्त वापत रु. ५०० दस्तुर दिनु पर्नेछ
  • ड्राइभिङ लाइसेन्स थपका लागी दरखास्त दिंदा रु.५०० दस्तुर दिनु पर्नेछ
  • मोटर साईकलको ड्राइभिङ लाइसेन्स रु.१५०० राजश्व दिनु पर्नेछ
  • सवारी चालक अनुमतिपत्रको म्याद सकिएको १ वर्ष सम्म पनि नविकरण नगराएमा १००% रकम दिनु पर्नेछ
  • म्याद नाघेको ३ वर्ष पछि चालक अनुमतिपत्र नविकरण गराएमा ३००% रकम दिनु पर्नेछ
  • हाल तेस्रो पक्षको विमा रु. ५ लाखको गराउने मान्यता छ
  • सवारी चालक तथा अन्य कर्मचारीको बिमा रकम रु. ५००००० रकम दिनु पर्नेछ

  • ट्राफिक तथा सवारी अवधि बारे बिबिध जानकारी

  • प्रथम मा लिइएको सवारी अनुमतिपत्रको परीक्षणकाल १ वर्ष रहनेछ
  • ड्राइभिङ लाइसेनसको वहाल अवधि १० वर्षवर्षको हुनेछ
  • सवारी दर्ता प्रमाण पत्रको अवधि १ वर्ष रहनेछ
  • सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ५ वर्ष वर्ष सम्म पनि नविकरण नगराएमा लाईसेन्स रद्द हुन्छ
  • सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ३ महिना भित्र भित्रमा नविकरण गराइसक्नु पर्छ
  • ड्राईभिङ लाईसेन्सको म्याद नाघेको मिती देखी ३ महिना भित्र नविकरण गराउनुपर्छ
  • म्याद नागेको ५ वर्ष सम्म नविकरण नगराएमा सवारी चालक अनुमतिपत्र स्वत. रद्द हुन्छ
  • ७ दिन भित्र लाइसेन्स हराएमा , च्यातिएमा वा कुनै कारणवस काम नलाग्ने भएमा कति दिन भित्र दरखास्त दिनु पर्छ
  • दुर्घटनामा परि मृत्यु भएको २५ दिन भित्र बिमा रकम पाइन्छ

  • प्राथमिक उपचारबारे बिबिध जानकारी

  • प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ ।
  • दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो ।
  • दुर्घटनामा परि घाइते भएमा प्राथमिक उपचार दुर्घटना स्थलमै दिनु पर्छ ।
  • सबै सबारीमा एउटा प्राथमिक उपचार बक्स हुनुपर्छ ।
  • प्राथमिक उपचार बक्समा डिटोल, कपास, नरम कपडा, कैंची, स्प्रीट, व्यान्डेज,आदि सामग्रीहरु हुन्छन
  • प्राथमिक उपचार गर्ने व्यक्तिका विशेषता - प्राथमिक उपचार सम्बन्धी जानकारी भएको , घायल व्यक्तिलाई निरन्तर सेवा दिन सक्ने ,नआतीने , स्थिति आफ्नो नियंत्रणमा राख्न सक्ने ।

  • प्राथमिक उपचारका सिद्धान्तहरू

  • सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ , सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
  • भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन ।
  • नजिकैको अस्पताल अथवा मेडिकल सेन्टर मा पिडित लै लैजाने ।
  • सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ ।
  • दुर्घटनामा घाइते भएको व्यक्तिको रगत थाम्न रगत बगेको ठाउँमा थिचेर राख्ने वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
  • घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ ।

  • चालकले ध्यान दिन पर्नी जानकारीहरु

  • बायाँ बाट पैदल यात्री हिड्ने
  • दाहिने साइडबाट ओभरटेक गर्दा
  • बायाँ साइडबाट सबारी साधन चल्ने
  • बायाँ घुम्दा बायाँ साइड लाइट बाल्ने
  • दायाँ घुम्दा दायाँ साइड लाइट बाल्ने
  • Right Side अर्थात् दाहिने,दायाँ
  • Left Side अर्थात् बायाँ, देब्रे

  • सडक तथा रेखा सम्बन्धि जानकारी

  • पैदल यात्रीलाई वार पार गर्नकोलागी जेब्राको शारीरमा भएजस्तो गरि सडकको चौडाई भागमा कोरिएको सेतोकलो धर्कलाई जेब्रा क्रसिङ भनिन्छ
  • सेतो र कालो रङ्गको प्रयोग जेब्रा क्रसिंगको रेखाङ्कनमा गरिन्छ
  • सडकको रेखाङ्कनमा सेतो र पहेंलो रङ्गको प्रयोग गरिन्छ
  • किनारामा रेखा पहेंलो रङ्गको हुन्छ
  • सडकको बिच भागमा कोरिएको टुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दायी रेखाहरु नाघे पनि केहि फरक पर्दैन भन्ने जनाउँछ
  • सडकको बिच भागमा कोरिएको नटुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दा यी रेखा कट्न पहिदैना भन्ने जनाउछ
  • लामोबाटो (लङ्ग रूट) - यात्राको लागि प्रस्थान गर्ने स्थानबाट दुईसय पचास किलोमिटर वा सो भन्दा बढी दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  • मध्यम बाटो (मिडियम रूट) - यात्राको लागि प्रस्थान गर्ने स्थानबाट एकसय किलोमिटर भन्दा बढी तर दुईसय पचास किलोमिटर भन्दा कम्ती दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  • छोटो बाटो भन्नाले के हो -यात्राको लागि प्रस्थान गर्ने स्थानबाट पच्चीस किलोमिटरदेखि एकसय किलोमिटरसम्मको दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो

  • सडक दुर्घटना सम्बन्धि जानकारी

  • मोटरसाइकल सबै भन्दा धेरै दुर्घटना हुने सबारीमा पर्छ।
  • अनियन्त्रित गतिमा चलाउँदा,ट्राफिक नियम पालना नगरेमा , मधिरा पान सेबन गरेर सबारी कुदाएमा ,आफ्नो लेन छोडी सबारी कुदायेमा , चालकको ध्यान आर्कै पट्टि गएमा दुर्घटना धेरै हुने कारण हुन्।
  • सबैभन्दा पहिले घाइतेको आबस्था हेर्नुपर्छ गंभीर घाइते भए प्राथमिक उपचार गरेर आस्पताल लानुपर्छ ,अनि प्रहरीलाई जानकारी नि गराउनु पर्छ।
  • दुर्घटना ग्रस्त सवारी दुघर्टना स्थलमा मानिसको मृत्यु भएमा प्रहरीले परीक्षण नगरे सम्म दुर्घटना भएको ठाँउबाट हटाउनु हुदैन
  • सवारी दुर्घटना हुँदा पिडित पक्षलाई क्षतिपूर्ति भराई दिने काम ट्राफिक प्रहरी को हो।
  • दुर्घटनाको जाँचबुझको लागी सम्बन्धित प्रहरीले आफू समक्ष दाखिला गराएको सवारी सवारी धनीलाई २४ घण्टा भित्र बुझाउनुपर्छ
  • दुर्घटनामा परेको घाइतको चोट बाट बढि रगत बगेमा उत्तानो पारेर राख्नु पर्छ ।
  • दुर्घटना हुन नदिन पैदल यात्रीले उचित ठाउँ जस्तै जेब्रा क्रसिंग बाट मात्रै बाटो काट्ने , चालकले मधिरा पान नखाई , उचित गतिमा ट्राफिक नियम पालना गर्दै कुदाउनु पर्छ।

  • सवारी पाटपुर्जा सम्बन्धि जानकारी

  • इञ्जिनको काम इन्धनलाई यांत्रिक शक्तिमा लाग्ने हो।
  • इग्निशन स्वीचलाई घुमाएपछि इञ्जिन स्टार्ट हुन्छ।
  • स्र्पाक प्लगले इञ्जिनमा आगोको झिल्का दिने काम गर्छ र इञ्जिन स्टार्ट हुन्छ।
  • इञ्जिन स्टार्ट भएपछि चोक लिभर बन्द हुन्छ ।
  • पेट्रोलको मात्रा कार्बुरेटरमा पुगेन भने इञ्जिन स्टार्ट हुँदैन।
  • इञ्जिन स्टार्ट भएन भने आयल पाइप र बिद्युतको लाइन चेक गर्नु पर्छ ।
  • इञ्जिनमा भएको पार्टपूर्जालाई चिल्लो बनाउने काम मोविलले गर्छ। पाट पुर्जा चिल्लो भयॊ भने घश्रण घटी इञ्जिन बलियो र बिग्रनबाट बचाऊछ।
  • इञ्जिनमा इञ्जिन आयल राखिन्छ ।
  • सी.सी. (c.c) इञ्जिनको क्षमता जनाउछ। ठुलो cc भएको सबरिको इञ्जिन ठुलो बुझ्नुपर्छ ।

  • ट्राफिक चिन्ह सम्बन्धि जानकारी

  • गोलो आकारको ट्राफिक चिन्हहरु प्रतिबन्धात्मक बुझाउँछ
  • चारकुने आकारको ट्राफिक चिन्हहरु सूचनामूलक बुझाउँछ
  • तीनकुने घेरा भित्रको ट्राफिक चिन्हले चेतावनी मूलक जनाउँछ

  • सवारीसाधन अनुमतिपत्र सम्बन्धि जानकारी

  • ठूलो सवारीको निम्ति २१ वर्षनपुगेको व्यक्ति ।
  • ठूलो सवारीको निम्ति २१ वर्षनपुगेको व्यक्ति ।
  • मझौला तथा साना सवारीको निम्ति १८ वर्ष नपुगेको ।
  • मोटरर्साईकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्षउमेर नपुगेको ।
  • छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति ।
  • आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति ।
  • साधारण ध्वनी संकेत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति ।
  • रातो, हरियो, पहेंलो इत्यादि रङ्गहरु तुरुन्त छुट्याउन नसक्ने (Colour Blind), दृष्टिदोष भएको व्यक्ति । रतन्धो भएको व्यक्ति ।
  • हात खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको व्यक्ति । तर, अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।
  • ठूलो र मझौला र्सार्वजनिक सवारीको लागि ६० वर्षउमेर पुरा भएको कुनै पनि व्यक्ति ।
  • सानो सवारी चलाएको २ वर्षपुरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिईने छैन ।
  • नेपाली भाषामा साधारण लेखपढ गर्न नजान्ने ।

  • नंबर प्लेट सम्बन्धि जानकारी

  • सार्वजनिक सवारीको नंबर प्लेट कालो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनुपर्नेछ
  • पर्यटक सवारीको नंबर प्लेट हरियो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • निजी सवारीको नंबर प्लेट रातो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • सरकारी सवारीको नंबर प्लेट सेतो प्लेटमा रातो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • संगठित सवारीको नंबर प्लेट पहेँलो प्लेटमा नीलो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • कूटनीतिक सवारीको नंबर प्लेट नीलो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ


To get more features